पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको भाउ बढ्यो, के को कति ?
टुडेपाटी-
जनकपुरधाम, माघ २८ गते ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २-२ रुपैयाँले बढाएको हो ।
यो दररेट बुधबार राती १२ बजेदेखि लागु हुने नेपाल आयल निगमले जनाएको छ ।
योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।
यसपटक खाना पकाउने एलपी ग्यास पनि महँगिएको छ । एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले महँगिएर प्रति सिलिन्डर १ हजार ४ सय रुपैयाँ पुगेको हो ।
Sponsored
अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि मूल्य बढाउनु परेको निगमले जनाएको छ ।
बढाइएको मूल्यमा बिक्री गर्दा पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा नोक्सानकै अवस्था रहेको निगमले जनाएको छ ।