प्रधानमन्त्री ओलीलाई जेल हाल्नु पर्छ : उपेन्द्र यादव
टुडेपाटी-
सप्तरी, माघ२८ गते ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेल हाल्नु पर्न बताएका छन् ।
बुधबार सप्तरीको महदेवा गाउँपालिकाको डाढामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले
संविधान उल्लंघन गरेको कसुरमा ओलीलाई जेल हाल्नुपर्ने बताएका हुन् ।
कसैले ऐन कानुन उल्लंघन गरेमा कारबाही गरिने व्यवस्था अनुरुप देशको मूल कानुन उल्लंघन गरि प्रतिनिधिसभा विघटन गरेका ओलीलाई जेल हाल्नु पर्ने नेता यादवको तर्क छ ।
उनले ओली एण्ड कम्पनीको पतन निश्चत रहेको ठोकुवा गरे ।
पतन उन्मुख शासकले चुनाव नगराउने जिकिर गर्दै निर्वाचन आयोगले समेत तमासा गरिरहेको अध्यक्ष यादवले अारोप लगाए ।
‘निर्वाचन आयोग पनि सेटिङमा छ,तमासा बनाइरहेको छ,’ यादवले भने,‘लोकतन्त्रलाई नै समाप्त पार्ने सेटिङविरुद्ध जनसेटिङका माध्यमले जनसंघर्ष गरी लोकतन्त्र,गणतन्त्र र संघियतालाई जोगाउनुपर्छ ।’
विपक्षीको विरुद्धमा सतापक्षको र्याली निकाल्ने कार्य संसारमा कही नदेखिएको बताउँदै उनले सरकारी खर्चबाट सत्तापक्षले र्याली र सभा गरिरहेको अध्यक्ष यादवले आरोप लगाए ।
Sponsored