प्रदेश २ सरकारलाई आफ्नै निजामती कर्मचारी भर्ना गर्न बाटो खुल्यो
टुडेपाटी–
जनकपुरधाम, माघ २८ गते ।
प्रदेश २ सरकारको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त’ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ ।
प्रदेशसभाबाट २०७७ कात्तिक ३ गते पारित भएको उक्त विधेयक प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारले बुधबार प्रमाणीकरण गरेका हुन् ।
उक्त विधेयक गत माघ १६ गते प्रदेश प्रमुख कार्यालयमा दर्ता भएको थियो ।
सो विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेको उनकन स्वकीय सचिव पदम विश्वकर्माले जानकारी दिए ।
Sponsored
उनका अनुसार यी विधेयकसंगै प्रदेश प्रमुख परियारबाट प्रमाणीकरण भएको विधेयकको संख्या १७ पुगेको छ भनें प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण गरिएका हालसम्मको विधेयकको संख्या जम्मा ३९ पुगेको छ ।
यो विधेयक प्रमाणीकरण भएपछि प्रदेश २ सरकारलाई लोकसेवा मार्फत अाफ्नै निजामती कर्माचारी भर्ना गर्न बाटो खुलेको छ ।
यो विधेयक प्रमाणीकरणलाई प्रदेश २ सरकारले ठूलो सफलताको रुपमा लिएको छ ।