TodayPati

महोत्तरीमा प्राविधिक शिक्षालयका लागि १० कठ्ठा जग्गादान

टुडेपाटी-
महोत्तरी, माघ २८ गते ।

महोत्तरीको गौशाला नगरपालिका–१२ मा प्राविधिक शिक्षालय भवनका लागि १० कठ्ठा जग्गा निःशुल्क प्राप्त भएको छ ।

गौशाला–१२ कै बासिन्दा पुराना वामपन्थी नेता महेन्द्र लामाले शिक्षालय भवनका लागि १ करोडभन्दा बढी मूल्य पर्ने १० कठ्ठा जग्गा दान गरेका हुन् ।

Sponsored

भवन निर्माणको शिलान्याससमेत गरिएको सो जग्गा मालपोत कार्यालय महोत्तरीबाट प्राविधिक शिक्षालय गौशालाका नाममा दर्ता पनि भइसकेको छ ।

प्राविधिक शिक्षालय भवन निर्माणका लागि जग्गा प्राप्त भएर थप सहयोग पाइन थालेपछि भवन निर्माणको कामले गति लिएको छ । आफ्नै नगरपालिकाको स्रोत, प्रदेश र संघीय सरकारबाट प्राप्त हुने सहयोग र शिक्षाप्रेमीबाट थप सहयोगको प्रतिबद्धताले शिक्षालय भवन चाँडै तयार हुने विश्वास जागेको नगरप्रमुख शिवनाथ महतोको भनाइ छ ।

गौशाला–१२ कान्तिबजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयुर्वेद विज्ञान विषयको डिप्लोमा तहको पठनपाठन शुरू गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को आवद्धता र स्वीकृतिमा सञ्चालन गरिएको आयुर्वेद विज्ञान विषयको पठनपाठनबारे सामाजिक चासो निकै बढेको गौशाला–१२ का वडाध्यक्ष कृष्णबहादुर विश्वकर्मा बताउँछन् । प

Sponsored

रिषद्सँगको समन्वयबाट गौशाला नगरपालिकाले आयुर्वेद विषयको पठनपाठन सञ्चालनमा ल्याएको हो । आयुर्वेद विज्ञान विषयको पठनपाठन सञ्चालन गर्ने राष्ट्रिय मावि कान्तिबजार प्रदेश नम्बर २ कै पहिलो विद्यालय बनेको छ ।

आयुर्वेद विज्ञानलाई आधुनिक विज्ञानसँग जोडेर यो प्राचीन विषयबारे आम चासो बढाउँदै मानिसको जीवन पद्धतिसँग जोड्न आफ्नो ठाउँमा आयुुर्वेद विषयको पठनपाठन शुरू गरिएको नगर प्रमुख महतो बताउँछन् ।

पछिल्लो कालमा पश्चिमा विज्ञानतर्फ आकर्षण बढेकै कारण समाजबाट योग, ध्यान लोप हुँदै गएको हुँदा तीनै तहका सरकारको प्रयत्नमा प्राचीन यो विषयलाई जीवन्त बनाउन आवश्यकता रहेको महतोको भनाइ छ । स्वास्थ्य क्षेत्रमा मध्यमस्तरीय जनशक्ति उत्पादन गर्नका लागि आयुर्वेद शिक्षाको भूमिका हुने महतोले विश्वास व्यक्त गरे ।

गौशाला नगर क्षेत्रमा आयुर्वेद अस्पताल स्थापनाको कामले पनि गति लिएको छ । यस प्रयोजनका लागि प्रदेश नम्बर २ सरकारको सामाजिक विकास मन्त्रालयबाट आयुर्वेद अस्पताल निर्माणका लागि ३० लाख बराबरको सहयोग प्राप्त भएको नगर प्रमुख महतोले जानकारी दिए । रासस

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *