प्रदेश प्रमुख परियारद्वार थप एक विधेयक प्रमाणीकरण, कूल संख्या ३९ पुग्यो
टुडेपाटी-
जनकपुरधाम, माघ २८ गते ।
प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले थप एक विधेयक प्रमाणीकरण गरेका छन् ।
गत ३ कात्तिकमा प्रदेशसभाबाट पारित भइ प्रदेश प्रमुख समक्ष गएको प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई बुधबार प्रदेश प्रमुख परियारले प्रमाणिकरण गरेका हुन् ।
प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा कार्तिक ३ गते पारित भएको थियो । पारित भएपछि माघ १६ गते प्रदेश प्रमुख कार्यालयमा सो विधेयक दर्ता भएको थियो ।
प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणिकरण गरेका हुन् । योसँगै हालसम्म प्रमाणिकरण हुने विधेयकको संख्या ३९ पुगेको छ ।
निजामती प्रशासनलाई व्यवसायिक, मर्यादित र प्रभावकारी बनाउन निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने प्रयोजनले यो ऐन बनाइएको प्रदेश २ सरकारले बताएका छन् ।
Sponsored