जनकपुरकी एसिड पीडित आरतीलाई प्रदेश सरकारले दिए जागिर, कहिले पाउँछिन् नियुक्ति ?
टुडेपाटी-
जनकपुरधाम, माघ २८ गते ।
प्रदेश २ सरकारले जनकपुरकी एसिड पीडित आरती साहलाई जागिर दिने भएको छ ।
प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले साहलाई आउँदो आर्थिक वर्षको साउन १ गते देखि आफ्नो कार्यालयमा कार्यालय सहायकको रुपमा नियुक्ति दिने सहमति गरेका छन् ।
आरतीलाई आगामी आर्थिक वर्षमा जागिर दिने र न्याय पनि पाउने मुख्यन्यायाधिवक्ता झाले जानकारी दिए । आरतीको मुद्दा अहिले जिल्ला अदालतमा चलिरहेको र अन्तिम अवस्थामा उनले बताए ।
गत कातिक १९ गते दीपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित ससुरालीमा गएर श्रीमती आरती साह र छोरी रियामाथि २६ वर्षीय सञ्जीव साहले एसिड प्रहार गरेका थिए ।
यस घटनामा जिल्ला अदालत धनुषामा आरतीका श्रीमान् र एसिड व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको कैद सजाय माग गर्दै अभियोग पत्र दर्ता गरिएको छ ।
Sponsored