TodayPati

धनुषमा सुतेकै ठाउमा ढुंगा प्रहार गरि एकजनाको हत्या, कान्छी श्रीमती र उनका प्रेमी पक्राउ

टुडेपाटी


जनकपुरधाम, फागुन २८ गते ।

धनुषामा ढुंगा प्रहार गरी एकजनाको हत्या भएको छ ।
शहीद नगरपालिका ३ यदुकोहाका ५५ बर्षीय राजकिशोर मण्डलको सुतेकै ठाउमा ढुंगा प्रहार गरि हत्या भएको हो ।

Sponsored

उनी अाफ्नो फुसको घरमा सुतिरहेका बेला बुधबार विहान मृत भेटिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए । अनुहारमा ढुंगा प्रहार भएकोले हत्या जस्तै शंकास्पद देखिएको उनको भनाइ छ ।

घटनामा संलग्न रहेको अारोपमा प्रहरीले कान्छी श्रीमती र उनका प्रेमीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनकी कान्छी श्रीमतीसंग गाउँकै एक युवकसँग अवैध सम्बन्ध रहेको शंका गरिएकाले ती दुज‌ैजनाले हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *