TodayPati

एसईई अब विद्यालयले लिन नपाउने

टुडेपाटी-
काठमाडौं, माघ २७ गते ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा अब विद्यालयले लिन नपाउने भएको छ । गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरेको थियो । तर अब पुनः राष्ट्रिय परीक्षा बोर्डले नै एसईई लिने भएको छ ।

२६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले पुनः बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

Sponsored

विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *