TodayPati

पुर्व सञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा बम विस्फोट

टुडेपाटी-

काठमाडौंं, फागुन २८ गते ।

तत्कालीन संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट भएको छ। लोकन्थलीस्थित बाँस्कोटाको निर्माणाधीन घरमा बुधबार बिहान बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

Sponsored

घरको कम्पाउन्डमा विस्फोट गराइएको छ। प्रहरीका अनुसार प्रेसर कुकर बम विस्फोट गराइएको छ। 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बम विस्फोट भएको पुष्टि गर्दै थप अनुसन्धान जारी रहेको बताएका छन् ।

विस्फोटमा ठूलो क्षति भने नभएको प्रहरीको प्रारम्भिक आकलन छ। घरको पर्खालमा सामान्य क्षति पुगेको छ। घटनाको कुनै पनि पक्षले जिम्मेवारी नलिएको छ । 

Sponsored

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा एक विचौलियासँगको अडियो सम्वाद बाहिर आएपछि बाँस्कोटाले फागुन ८ गते मन्त्रीबाट राजीनामा दिएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *