रौतहटमा एक महिनाभित्र मतदाताको अन्तिम परिणामको संख्या आउने
टुडेपाटी-
रौतहट, माघ २७ गते ।
प्रतिनिधिसभा विघटनपछि सरकारले आगामी बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका छन् । निवार्चन गराउन अहिले जिल्ला निर्वाचन कार्यालय रौतहटले गतिविधिलाई तीव्रता दिएको छ ।
निर्वाचनको तयारीका लागि १८ वटा स्थानीय तहको १५७ वडा कार्यालयमा अध्यावधिको कागज पठाइसकेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए ।
वडाबाट मृत्यु भएका तथा मतदाताबाट नाम हटाउनुपर्ने उजुरीअनुसार अध्यावधिको भइरहेको निर्वाचन अधिकारी दासले बताए । निर्वाचन आयोगले पछिल्लो पटक पठाएको मतदाताको तथ्यांकअनुसार आगामी निर्वाचनमा रौतहटमा करिब ३० वटा मतदान केन्द्र थपिने समेत दासको भनाइ छ ।
२०७४ सालको निर्वाचनमा ४४९ मतदान केन्द्र थियो । अहिले करिब ४८१ केन्द्र हुने भएको छ ।
रौतहटमा २०७४ सालको निर्वाचनमा ३ लाख २९ हजार ८६१ मतदाता रहेका थिए । पछिल्लो मतदाता संख्या ३ लाख ६० हजार ६४० रहेको दासले जानकारी दिए । उनका अनुसार मतदाताको अन्तिम परिणामको संख्या फागुन २० गतेभित्र नै आउने छ ।
Sponsored