मुकेश अंबानीलाई पछि पार्दै एशियाका सबैभन्दा धनी व्यक्ति जैक मा
टुडेपाटी-
नयाँ दिल्ली, फागुन २८ गते ।
नोवेल कोरोना भाइरस (कोभिड-१९) को संकटबाट जुझिरहेको बजारमा कच्चा तेलको मूल्यमा भारी गिराबट आएसँगै भारतीय उद्योगी मुकेश अंबानी अब एशियाका सबैभन्दा धनी व्यक्ति रहेनन् ।
यो स्थानमा अब चिनियाँ कम्पनी अलीबाबाका संस्थापक जैक मा पुगेका छन् ।
ब्लूमबर्ग बिलयेनेय इण्डेक्सका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिराबट आएको छ जसकारण अंबानीको रिलायन्स इण्डस्ट्रीमा गिरावट भएको छ ।
यसै कारण उनी दोस्रो स्थानमा झरेका छन् । यस्तै कोरोना भाइरसका कारण अलीबाबाले पनि मुश्किलको सामाना गर्नुपरेको छ तर हाल मोबाइल ऐप्समा बढी माग भएका कारण कम्पनीको प्रदर्शन सुखद रहेको छ ।
Sponsored