TodayPati

प्रदेश २ का स्थानीय तहमा ओली समुहकै दबदबा, माधवलाई गृह जिल्लामै झड्गा, को कुन समूहमा ?

रोहित महतो

जनकपुरधाम, माघ २६ गते ।

नेकपा विभाजित भएपछि प्रदेश २ का स्थानीय तहमा निर्वाचित बहुमत जनप्रतिनिधि प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका छन् । 

Sponsored

ओली समूह प्रदेश २ मा प्रदेशसभा र विघटित प्रतिनिधिसभा सदस्य संख्यामा भने अल्पमतमा छ । प्रदेशसभा र विघटित प्रतिनिधिसभाका बहुमत सदस्य नेकपाको प्रचण्ड-माधव समूहमा लागेका छन् ।

१ सय ३६ स्थानीय तह रहेको प्रदेश २ मा पछिल्लो निर्वाचनमा तत्कालीन एमालेबाट उपमहानगरपालिका प्रमुख-उपप्रमुख, नगरप्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी ३६ र माओवादीबाट ४० गरी ७६ जना प्रतिनिधि विजयी भएका थिए । तीमध्ये तत्कालीन एमालेबाट ७ वटा गाउँपालिकामा अध्यक्ष, ५ वटामा उपाध्यक्ष, एक उपमहानगरपालिका प्रमुख, ११ नगरपालिकामा प्रमुख र एक उपमहानगरपालिका प्रमुखसहित १२ वटा नगरपालिकामा उपप्रमुख चुनिएका थिए । 

यस्तै, तत्कालीन माओवादीबाट सातवटा पालिकामा अध्यक्ष, छवटा गाउँपालिकामा उपाध्यक्ष, १२ वटा नगरपालिकामा प्रमुख र १४ वटा पालिकामा उपप्रमुख गरी ४० जना निर्वाचित भएका थिए । नेकपाबाट गाउँ-नगरपालिका प्रमुख तथा उपप्रमुखमा निर्वाचित ७६ जनामध्ये ३९ जना ओली र ३७ जना प्रचण्ड-माधव समूहमा लागेका छन् । तत्कालीन एमालेबाट निर्वाचित सप्तरीको कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त कुमार तटस्थ बसेका छन् ।

Sponsored

पछिल्लो समय नगरपालिकाकै काममा व्यस्त रहेकाले कुन समूहमा लाग्ने भन्नेबारे निर्णय नलिएको र दुवै समूहको भेलामा सहभागी नभएको उनले बताए । स्थानीय तहका बहुमत जनप्रतिनिधि प्रधानमन्त्री ओलीलाई साथ दिनुले स्थानीयस्तरमा जनता प्रधानमन्त्री ओलीसँगै रहेको सन्देश दिएको ओली समूहका नेता रामचन्द्र मण्डल बताउँछन् ।

भ्रमित व्यक्ति मात्र प्रचण्ड-नेपाल समूहमा लागेको र वास्तविकता महसुस गर्नेहरु प्रधानमन्त्री ओलीसँगै रहेको उनले दाबी गरे । 

तर, प्रचण्ड-नेपाल समूहका नेकपा प्रदेश इन्चार्ज विश्वनाथ साहले सत्ताको स्वार्थ र लोभमा फसेका स्थानीय जनप्रतिनिधि मात्र प्रधानमन्त्री ओली समूहमा लागेको टिप्पणी गरे ।

‘केही जनप्रतिनिधि सत्ताको स्वार्थ र प्रलोभनमा परेर प्रभावित भएका छन् । धेरै सहिद परिवरलाई पनि प्रलोभन आइरहेको छ । तर वैचारिक राजनीति गर्ने ओली समूहमा जाँदैनन् ,’ प्रदेश इन्चार्ज साहले भने । 

ओलीले आफूनिकटलाई स्थानीय तहमा टिकट दिएकाले तत्कालीन एमालेबाट निर्वाचित बहुमत जनप्रतिनिधि उनीसँगै रहेको उनले बताए ।

प्रभु साह ओली समूहमा लागेपछि प्रचण्ड–नेपाल समूहलाई खासै प्रभाव नपारेको उनको दाबी छ ।

गृहजिल्लामै माधव नेपाल कमजोर

प्रचण्ड-नेपाल समूहको नेकपाका अध्यक्ष माधवकुमार नेपाल गृहजिल्ला रौतहटमै कमजोर देखिएका छन् । स्थानीय जनप्रतिनिधिको संख्यात्मक हिसाबले नेपाल कमजोर देखिएका हुन् ।

पालिकास्तरमा रौतहटमा तत्कालीन एमालेबाट निर्वाचित एक मात्र चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरती चौधरी, तत्कालीन माओवादीबाट निर्वाचित कटहरिया नगरपालिकाकी उपप्रमुख नुर जहाँ खातुन र यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया मात्र प्रचण्ड-नेपाल समूहमा लागेका छन् । एक नगरप्रमुख र तीन जना उपप्रमुख नेकपाको ओली समूहमा लागेका छन् ।

मन्त्री पाएपछि तत्कालीन माओवादीका प्रभावशाली नेता प्रभु साह र प्रदेशसभा सदस्य रामचन्द्र मण्डल ओली समूहमा लागेपछि स्थानीय तहमा भने ओली बलियो देखिएका हुन् । दुवै नेता ओली समूहमा लागेपछि रौतहट र धनुषाका अधिकांश पूर्वमाओवादीबाट निर्वाचित स्थानीय जनप्रतिनिधि समेत ओली समूहमै लागेका हुन् । 

कुन स्थानीय तहका प्रमुख-उपप्रमुख कुन समूहमा ? 

पर्सा

जिरा भवानी गाउँपालिकाका अध्यक्ष रामपृत महतो : ओली समूह 
पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष हरिनरायण चौधरी : ओली समूह 
उपाध्यक्ष उषा देवी थरुनी: प्रचण्ड-माधव समूहमा 
छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार र उपाध्यक्ष मोदीना खातुन: ओली समूह 
जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँ मंसुरी: प्रचण्ड-माधव समूह 
ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठ र उपप्रमुख शान्ति माया थिङ: प्रचण्ड-माधव समूह 

बारा

कोल्हवी नगरपालिका प्रमुख भरतबहादुर भण्डारी र उपप्रमुख सुनैना थरुनी : ओली समूह
जितपुर उपमहानगरपालिका प्रमुख कृष्णप्रसाद पौडेल र उपप्रमुख सरस्वती चौधरी : ओली समूह 

रौतहट

चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरती चौधरी : प्रचण्ड-माधव समूह
यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया : प्रचण्ड-माधव समूह
उपाध्यक्ष गीतादेवी साह : ओली समूह
कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा : ओली समूह
उपप्रमुख नुर जहाँ खातुन : प्रचण्ड-माधव समूह
देवाही गोनाही नगरपालिका उपप्रमुख परनीया देवी : ओली समूह
फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी : ओली समूह 

सर्लाही

ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटा र उपप्रमुख एकावती चौधरी: ओली समूह 
लालबन्दी नगरपालिका प्रमुख मानबहादुर खडका र उपप्रमुख शान्तिकुमारी लामा : प्रचण्ड-माधव समूह
हरिवन नगरपालिका प्रमुख गणेश प्रसाईँ र उपप्रमुख रेणुका कुमारी पौडेल : ओली समूह
हरिपुर नगरपालिकाका प्रमुख जमिरुद्धिन मंसुर र रेणुका देवी काफ्ले : प्रचण्ड-माधव समूह
चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादव र वंशोधा देवी : प्रचण्ड-माधव समूह
बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो र उपप्रमुख सीता देवी माझी : प्रचण्ड-माधव समूह
बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा र लीलाकुमारी मोक्तान : प्रचण्ड-माधव समूह

महोत्तरी

सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुक र उपाध्यक्ष नगिना देवी यादव : ओली समूह 
पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरी : ओली समूह
गौशाला नगरपालिका प्रमुख शिवनाथ महतो र उपप्रमुख आशा लामा : प्रचण्ड-माधव समूह
बर्दिबास नगरपालिकाका प्रमुख विदुर कुमार कार्की र उपप्रमुख कृष्ण माया गौतम : प्रचण्ड-माधव समूह
रामगोपालपुर नगरपालिकाका प्रमुख अशोककुमार मण्डल र उपप्रमुख सीतादेवी साह : प्रचण्ड-माधव समूह

धनुषा 

बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत : ओली समूह
उपाध्यक्ष प्रमिला देवी महतो : प्रचण्ड-माधव समूह
मुखियापट्टी मुसहरनियाँ गाउँपालिका अध्यक्ष मनोजकुमार यादव र उपाध्यक्ष मिरादेवी महतो : ओली समूह 
मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो र उपप्रमुख तारा बस्नेत : ओली समूह 
मिथिला विहारी नगरपालिकाका प्रमुख अनिलकुमार यादव र उपप्रमुख अनिता कुमारी : ओली समूह
विदेह नगरपालिकाका प्रमुख वेचन दास तत्मा  र उपप्रमुख निलमकुमारी : ओली समूह
गणेशमान चारनाथ नगरपालिकाकी उपप्रमुख मीनाकुमारी यादव : ओली समूह 
सहिदनगर नगरपालिकाका प्रमुख उदयकुमार यादव : प्रचण्ड-माधव समूह 
उपप्रमुख शिलादेवी कापर : ओली समूह 

सिरहा

नरहा गाउँपालिका अध्यक्ष रामशरण यादव र उपाध्यक्ष गुलाब देवी चौधरी : ओली समूह
लहान नगरपालिकाका प्रमुख मुनि साहु र उपप्रमुख सरियार कुमारी चौधरी : ओली समूह
सुखीपुर नगरपालिकाका प्रमुख रामऔतार यादव र उपप्रमुख रेणुदेवी साह :  ओली समूह 
सिरहा नगरपालिकाकी उपप्रमुख नमिता यादव : ओली समूह 
सखुवाननकारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव र उपाध्यक्ष अमलादेवी यादव :  प्रचण्ड-माधव समूह
कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासमान र उपप्रमुख ज्ञान कुमारी श्रेष्ठ : प्रचण्ड-माधव समूह
मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादव र उपप्रमुख जिवछी देवी : प्रचण्ड-माधव समूह
धनगढी नगरपालिकाका प्रमुख हरिनरायण चौधरी र उपप्रमुख फुलकुमारी श्रेष्ठ : प्रचण्ड-माधव समूह
गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साह र उपप्रमुख रेशमाकुमारी थापा : प्रचण्ड-माधव समूह
अर्नमा गाउँपालिकाका अध्यक्ष ठकु महतो र उपाध्यक्ष सियावती मुखिया : प्रचण्ड-माधव समूह
औरही गाउँपालिका अध्यक्ष सिद्धार्थ यादव : प्रचण्ड-माधव समूह

सप्तरी

कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त कुमार (तटस्थ)
सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार शर्मा र उपप्रमुख आशा चौधरी : ओली समूह

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *