TodayPati

जनकपुर-जयनगर रेल चलाउन एकजनाले पनि दिएन दरखास्त, रेल सेवा अनिश्चित

टुडेपाटी –
जनकपुरधाम, फागुन २८ गते ।

जयनगर–जनकपुर रेल सेवा सञ्चालन अनिश्चित बनेको छ । रेल सेवा सञ्चालन गर्न झण्डै एक महिना अघि रेल्वे कम्पनीले कर्मचारी भर्नाका लागि आवेदन माग गरेको थियो । तर रेल्वे कम्पनीले माग गरेको प्रक्रिया अनुसार एकजनाले पनि दरखास्त दिएको छैन ।

रेल सेवा सञ्चालनका लागि रल्वे कम्पनीले रेल सेवासँग सम्बन्धित २६ जना कर्मचारी करारमा भर्ना गर्न १५ दिनको म्यादसहित फागुन ९ गते आवेदन माग गरेको थियो ।
आवेदनको अन्तिम म्यादसम्म एक जनाको पनि निवेदन रेलवे कम्पनीमा प्राप्त हुन नसकेको रेल विभागले जनाएको छ ।

Sponsored

विभागका महानिर्देशक बलराम मिश्रले जयनगर–जनकपुर रेल सेवा सञ्चालनका लागि सुरुमा २६ जना प्राविधिक कर्मचारी करारमा भर्नाका लागि आवदेन माग गरिएकोमा विज्ञापनको अन्तिम मितिसम्म एउटा निवेदन प्राप्त हुन नसकेको जानकारी दिए । उनले अब ग्लोबल विज्ञापन गर्ने तयारी भइरहेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *