प्रहरीमा राजीनामा दिनेको लहर, ३० महिनामै ६ हजार ३८ जनाले दिए राजीनामा
टुडेपाटी-
काठमाडौँ, माघ २५ गते ।
नेपाल प्रहरीमा वृतिविकासको समस्या झेल्नुपर्ने प्रवृतिले प्रहरी कर्मचारीहरु हतास भएका छन् ।
झण्डै ८० हजार फौज भएको नेपाल प्रहरीमा वृत्तिविकासको समस्या झेल्ने कर्मचारी हरेक चौकीमा भेटिन्छन् ।
प्रभाग, इप्रका, वृत्त, जिप्रका र परिसरमा झन् धेरै छन् । उनीहरू केही वर्ष त मन मारेर चित्त बुझाउँछन् । तर, अति भएपछि सेवाबाटै राजीनामा दिई अवकाशको बाटो रोज्छन् ।
नेपाल प्रहरीको तथ्यांकअनुसार यसरी अवकाश रोज्ने सबैभन्दा धेरै तल्लो तहका ९सइ, असइ, हवल्दार र जवान० कर्मचारी छन् ।
Sponsored
पछिल्लो ३० महिनामा मात्रै ६ हजार ३८ कर्मचारीले सेवाबाट राजीनामा दिएका छन् । जसमध्ये ९९.३२ प्रतिशत अर्थात् पाँच हजार नौ सय ९७ जुनियर कर्मचारी छन् ।
त्यसमा पनि हवल्दार धेरै छन् । प्रहरीको तथ्यांकअनुसार ०७४ साउनयता चार हजार एक सय ४४ हवल्दार, सात सय ६६ जवान, सात सय ४१ असइ, दुई सय १५ सइ, २६ इन्स्पेक्टर, आठ डिएसपी, तीन एसपी र चार डिआइजीले सेवाबाट राजीनामा दिएका छन् ।
‘नेपाल प्रहरीमा सेवाबाट राजीनामा दिनेमध्ये सबैभन्दा धेरै जुनियर तहका प्रहरी कर्मचारी धेरै छन् । यसको कारण हामीले नियालिरहेका छौँ । कहीँ न कहीँ यो वृत्तिविकाससँग गएर जोडिन्छ,’ गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘अब यसको पुनरावलोकन गर्नेतर्फ गृह मन्त्रालय गम्भीर छ र हुनु पनि पर्छ ।’