एपीएफलाई पराजित गर्दै भंगहा मेयर गोल्डकपको उपाधिमाथि त्रिभुवन आर्मीले जमाए कब्जा
टुडेपाटी
महोत्तरी, माघ २४ गते ।
महोत्तरीको भंगहामा सम्पन्न भंगहा मेयर गोल्डकप -२०७७ को उपाधि त्रिभुवन आर्मी क्लब काठमाडौले हात पारेको छ ।
शनिबार भएको फाइनल खेलमा आर्मी क्लबले एपीएफ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै मेयर कप-२०७७ को उपाधि हात पारेको हो ।
मेयर गोल्डकपमा प्रथम हुने आर्मी क्लबलाई प्रथम पुरस्कार पाँचलाख रुपैयाँ र कप प्रदान गरिएको छ भने खेलमा दोश्रो हुने एपीएफ क्लबलाई दोश्रो पुरस्कार २ लाख रुपैयाँ नगद र कप प्रदान गरिए छ ।
पुरस्कार तथा प्रमाणपत्र समापन खेलका प्रमुख अतिथि जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य सरतसिंह भण्डारी, विशिष्ट अतिथि जसपा नेतृ निर्जला राउत र कार्यक्रमका अध्यक्षता गर्ने भंगहा नगरपालिकाका मेयर संजिव साहले संयुक्त रुपमा प्रदान गरेका छन् ।
Sponsored
यस क्षेत्रमै ठूलो धनराशिको पुरस्कारसहित भएको मेयर गोल्डकपको अन्तिम खेल हेर्न हजारौंको संख्यामा खेल प्रेमी दर्शकहरु सहभागी भएका थिए ।