ओडिसामा होली मनाएर नदीमा नुहाउन जाँदा १५ जनाको ज्यान गयो
एजेन्सी-
टुडेपाटी, फागुन २८ गते ।
होली मनाएर नदीमा नुहाउने क्रममा भारतको ओडिसामा १५ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार मंगलबार होली मनाएर आफ्ना साथीसँग विभिन्न नदी तथा पोखरीमा नुहाउन गएका १५ जनाको शव डुबेको अवस्थामा भेटिएको सुरक्षा अधिकारीले बताएका छन् ।
विगतका वर्षमा पनि होलीका बेला मादक पदार्थ खाएर नुहाउने क्रममा मृत्युका घटना हुने गरेकाले स्थानीय प्रशासनले नदीमा जान प्रतिबन्ध लगाएको थियो ।
तर प्रशासनको प्रतिबन्धलाई बेवास्ता गरेर नदीमा नुहाउन जाँदा दुःखद घटना भएको ओडिसा राज्यको कटकका जिल्ला कलेक्टर भवानी शंकर चयनीले बताएका छन् । कटकमा मृत्य भएका ३ जनाको परिवारलाई सरकारका तर्फबाट ४ लाख भारु राहत दिने घोषणा गरेको छ ।