TodayPati

भारतपछि चीनले पाँच लाख डोज कोरोना भ्याक्सिन नेपाललाई अनुदानमा दिने

टुडेपाटी-

काठमाडौँ, माघ २४ गते ।

चीन सरकारले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ।

Sponsored

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी बीच टेलिफोनमा कुराकानी हुँदा चीनले यो प्रतिवद्धता जनाएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार दुई मन्त्रीबीच शुक्रबार साँझ फोनवार्ता भएको थियो।

यसअघि ३ लाख डोज दिने भनी नेपालस्थित चिनियाँ दूतावासले घोषणा गरेकोमा आज मन्त्रीले सो परिमाणलाई बढाएर पाँच लाख डोज खोप नेपाललाई अनुदानमै प्रदान गर्ने घोषणा गरेका हुन्।

Sponsored

परराष्ट्र मन्त्रालयका अनुसार ज्ञवालीसँगको कुराकानीमा उनले खोप सहयोगका विषयमा चीनले नेपाललाई प्राथमिकतामा राख्ने पनि बताएका छन्।

‘दुई मन्त्रीबीचको टेलिफोन कुराकानीमा आपसी हितका विषयहरुमा छलफल भएको थियो,’ परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार बेलुका जारी विज्ञप्तिमा बताइएको छ।

सो सहयोगका लागि मन्त्री ज्ञवालीले चीन सरकारलाई धन्यवाद दिनुका साथै कोभिड खोपलाई विश्वकै सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउने चिनियाँ अवधारणाको प्रशंसा गरेका थिए।
अहिलेसम्म चीनले बनाएका कोरोनाविरूद्धका भ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति दिइएको छैन।

चिनियाँ भ्याक्सिनलाई अनुमति दिनेबारे अध्ययन भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *