TodayPati

सप्तरीबाट १५ हजार घुससहित लेखनदास अख्तियारको फन्दामा

टुडेपाटी

सप्तरी, माघ २३ गते ।

सप्तरीबाट १५ हजार घुस रकम सहित एक लेखापढी व्यवसायी अख्तियारको फन्दामा परेका छन् ।

Sponsored

सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा लेखापढी व्यवसायी अरुणकुमार यादवलाई शुक्रबार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालयमा सेवाग्राहीसँग रु १५ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

जग्गाको नक्सा मिलाई दिने नामम सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा लेखापढी व्यवसायी यादवलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । 

Sponsored

आयोगले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *