सप्तरीमा प्रधानमन्त्री ओलीको पुतला जलाइयो
शुभ नारायण यादव–
सप्तरी , माघ २३ गते ।
नेकपा प्रचण्ड-माधव समूहले सप्तरीको राजविराजमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका छन् ।
नेकपाले बिहीवार गरेको नेपाल बन्दको क्रममा जनकपुर,काठमाण्डौ सहित देशको बिभिन्न भागमा भएको प्रहरी दमनको बिरोधमा प्रदर्शन गर्दै पुतला जलाएको हो ।
शुक्रबार अपराह्न ४ बजे राजविराजको दर्शनचौकमा प्रधानमन्त्री नेकपा नेता कार्यकर्ताले ओलीको पुतला जलाएका हुन् ।
पुतला जलाउने तथा प्रदर्शनीमा प्रदेशसभा सदस्य महेश प्रसाद यादव, मजद्र नेता केदार देव,युवा नेता निरञ्चन झा लगायतका नेताहरुको सहभागीता थियो ।
Sponsored