प्रदेश २ : १० करोडमा बन्ने पुलको शिलान्यास, २० महिनाभित्रै निर्माण सम्पन्न गर्न मन्त्री सोनलको निर्देशन
टुडेपाटी-
जनकपुरधाम, माघ २३ गते ।
प्रदेश २ का भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बाराको सदरमुकाम कलैया जोड्ने दुधौरा नदीमा पुलको शिलान्यास गरेका छन् ।
बाराको परवानीपुर हाईबेदेखि सदरमुकाम कलैया जोड्ने कृषि सडकमा उनले शुक्रवार पुलको शिलान्यास गरेका हुन् ।
बाराको अधिकांस पश्चिमी भेगका स्थानीय तहबाट सदरमुकाम कलैया आवतजावतसँगै कृषि उत्पदान ढुवानीकालागि पुल निर्माण गर्न लागिएको हो ।
पुलको लम्बाई ८२ मिटर, चौडाइ ११ मिटर रहेको छ। १० करोड १५ लाख रुपैँयामा पुल निर्माणकालागि सम्झौता भउको हो ।
Sponsored
रायमाझी अबलिक आजादलाई कम्पनीलाई उक्त पुल २० महिनामा कार्य सम्पन्न गर्न मन्त्री सोनलले निर्देशन दिएका छन्।
शिलान्यास कार्यक्रममा बारा निर्वाचन क्षेत्र ४ का सांसद एकबाल मियाँ, परवानिपुर गाउँ पालिकाका अध्यक्ष हरिनारायण साह, प्रसौनि गाउँपालिका अध्यक्ष भोला गुप्ता, उपमेयर गिता साहलगायतको उपस्थिति रहेको थियो।