TodayPati

मिथिलाञ्चलमा आज होली मनाइँदै, प्रदेश २ मा विदा

टुडेपाटी-
जनकपुरधाम, फागुन २८ गते ।

आपसी प्रेम र सद्भावको पर्व होली मिथिलाञ्चलमा आज मनाइँदै छ । १५ दिने मिथिला मध्यमा परिक्रमा समापन भएको भोली पल्ट तराई मधेशमा होली खेल्ने परम्परा रहेको छ ।

सोमबार परिक्रमा सम्पन्न भएपछि मंगलबार परेको होली पर्व तराई मधेशका विभिन्न ठाउँमा मनाइयो । तर जनकपुरधाम लगायत मिथिलाञ्चलको विभिन्न ठाउँहरुमा आज होली मनाइंँदै छ ।

Sponsored

मंगलबार माछमासु नखाने अधिकांशले आज बुधबार होली मनाउन लागेका हुन् । होली पर्व मनाउन जनकपुरको विभिन्न ठाउँमा युवाहरुले मटकाफोर कार्यक्रम आयोजन गरेका छन् ।
होली पर्व मनाउन प्रदेश २ सरकारले आज पनि विदा दिएको छ । प्रदेश सरकारले मंगलबार र बुधबार होली पर्वको अवसरमा विदा घोषणा गरेको थियो ।

हिमाल तथा पहाडी क्षेत्रमा भने फागु पुर्णिामाकैै दिन सोमबार नै होली मनाइएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *