राष्ट्रपति भण्डारीद्वारा बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी अध्यादेश जारी
टुडेपाटी-
जनकपुरधाम, माघ २३ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संसोधन अध्यादेश २०७७ जारी गरेकी छन् ।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारसिमा राष्ट्रपति भण्डारीले शुक्रबार उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताए ।
मन्त्रिपरिषद्को सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रपतिले अध्यादेश जारी गरेको यो पहिलो पटक हो ।