TodayPati

संवैधानिक पदाधिकारीको नियुक्ति र शपथग्रहणविरुद्धकाे रिटमाथि सर्वोच्चको कारण देखाउ आदेश

टुडेपाटी-
काठमाडौं, माघ २३ गते ।

संवैधानिक अंगका पदाधिकारीहरुको नियुक्ति र शपथग्रहण रोक्न माग गर्दै परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्ने गरी कारण देखाउ आदेश दिएको हो ।

Sponsored

रिटमा राष्ट्रपति,प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायतलाई विपक्षी बनाइएको छ । पदाधिकारीले भने नियुक्ति र शपथग्रहण गरेर कार्यभार सम्हालिसकेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *