TodayPati

सिरहामा आँगनबाटै अपहरण भएका २ वर्षीय बालक भारतमा फेला, बालक दुईदिनपछि आमाको काखमा

टुडेपाटी-
जनकपुरधाम, माघ २२ गते ।

सिरहामा आँगनबाटै बेपत्ता भएका दुई वर्षीय बालक प्रियान्सु यादव दुईदिनपछि भारतको मधुवनीमा भेटिएका छन् ।

बिहिवार साँझ ७ बजे भारतको जिल्ला मधुवनी खाजेडी भन्ने गाँउबाट प्रियान्सुलाई फेला पारेको सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले टुडेपाटीलाई जानकारी दिए ।

Sponsored

प्रहरीले बालक प्रियान्सुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई बिहिवार राति नै आमा संगिता कुमारी यादवलाई जिम्मा लगाएको छ ।

सिरहाको सिरहा नगरपालिका १ डुम्बाखाता बस्ने प्रदिप यादवको २ वर्षीय छोरा प्रियांसु आफनै घरको बारान्डामा खेली रहेको अवस्थामा मंगलबार राति साढे ८ बजे बेपत्ता भएका थिए ।

बालक बेपत्ता लगतै परिवारजनले प्रहरीलाई खबर गरेका थिए । परिवारजनले बालकको अपहरण भएको अाशंका गरेका थिए ।

Sponsored

खोजतलासको क्रममा बिहीबार साँझ भारतको मधुवनीमा सकुशल भेटिएका छन् ।

बालकको घरदेखि उनी फेला परेको स्थानको दुरी झण्डै १८ किलोमिटर पर रहेको प्रहरी उपरीक्षक भण्डारीले बताए।

‘बालकको कसैले अपहरण गरि नै लगेको हुन सक्ने हाम्रो अाशंका छ । तर पहिलो प्राथमिकता बालकलाई सकुशल पत्ता लगाउनु थियो । जुन सफल भयो’ प्रहरी उपरीक्षक भण्डारीले टुडेपाटीसंग भने ‘ अब घटनाको अनुसन्धान गरी बालकको अपहरण गर्नेको खोजी गर्छौं ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *