TodayPati

भंगहा मेयर गोल्डकप : युथ क्लब हेटौंडालाई पराजित गर्दै एपीएफ काठमाडौं फाइनलमा प्रवेश

टुडेपाटी-
जनकपुरधाम, माघ २२ गते ।

महोत्तरीको भंगहामा जारी  मेयर गोल्डकप अन्तर्गत बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफ काठमाडौं विजयी भएको छ ।

विजय युथ क्लब हेटौंडालाई शुन्यका बिरुद्ध ४ गोलले पराजित गर्दै एपीएफ काठमाडौं फाइनलमा प्रवेश गरेको हो ।

Sponsored

बिहीबारको खेलको म्यान अफ दि म्याच एपीएफका कप्तान समेत रहेका तथा खेलमा २ गोल गर्न सफल खेलाडी रबि थिङ्गले पाएका छन् । उनलाई नगद पाँच हजार र कप प्रदान गरिएको छ ।

एपीएफले आउँदो शनिबार त्रिभूवन आर्मी क्लबसँग फाइनल खेल खेल्नेछ । त्रिभूवन आर्मी क्बलले महोत्तरीको बेङ्गखाडी स्पोर्टस क्लबलाई पराजित गर्दै फाइनल खेलका लागि ठाउँ सुनिश्चित गरिसकेको छ ।

विजेता टीमले नगद पाँच लाख र उपविजेता टीमले नगद दुइ लाख प्राप्त गर्नेछ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *