TodayPati

जनकपुरमा प्रहरीसँगको झडपमा घाइते पूर्वमन्त्री मातृका र रामचन्द्र उपचारका लागि काठमाडौं रिफर

टुडेपाटी-
जनकपुरधाम, माघ २२ गते ।

जनकपुरमा प्रहरीसँगको झडपमा घाइते भएका नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य मात्रिका यादव र केन्द्रीय कमिटी सदस्य रामचन्द्र झालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

प्रहरीको लाठी प्रहारबाट बिहीबार दिउँसो भउका घाइते झाको टाउकोमा ८ वटा टाँका लगाइएको र स्थायी कमिटी सदस्य यादवको खुट्टामा चोट लागेको केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए ।

Sponsored

अहिले प्रादेशिक अस्पताल जनकपुरमा रहेका उनीहरूलाई आजै काठमाडौं लैजाने तयारी भएको उनले बताए ।

नेकपाले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरेको आरोप लगाएको छ । यादव र झाका अतिरिक्त जिल्लास्तरीय केही नेता पनि घाइते भएका छन् ।

आन्दोलनकारीले प्रहरीको भ्यानमा आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

Sponsored

आन्दोलनकारी ६ सयको संख्यामा लाठीसहित आएको र उनीहरूले प्रहरी भ्यानको शिशा फुटाएको सीडीओ बाँस्तोलाको दाबी छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *