प्रचण्ड–नेपाल समुहको आमहडतालको जनकपुरमा खासै प्रभाव परेन, व्यापक प्रहरी परिचालन
टुडेपाटी-
जनकपुरधाम, माघ २२ गते ।
प्रचण्ड–नेपाल समुहले घोषणा गरेको आमहड्तालको जनकपुरमा समान्य प्रभाव मात्र परेको छ ।
जनकपुरको बजार तथा छोटो दुरीका सवारीसाधन निर्वाध रुपमा चलिरहेको छ ।
विहानैदेखि लामो रुटका सवारी साधन नचलेपनि जिप, टिपर, ट्रक लगायतका सवारीसाधन फुटफुट रुपमा चलिरहेको छ ।
आमहडताललाई मध्यनजर गर्दै व्यापक प्रहरी परिचालन गरिएको छ ।
Sponsored
जनकपुरका बजार तथा केही शैक्षिक संस्थाहरु समेत खुला छ ।
यद्दपी निर्वाध रुपमा यातायता, बजार, शैक्षिक संस्था तथा सरकारी कार्यालय संचालनकालागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको धनुषाका प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रले बताए ।
धनुषामा बन्दकर्ताले समेत अहिलेसम्म कुनै किसीमको उपद्रवी तथा करकाप नगरेको उनको भनाई छ । यस्तै पुर्वपश्चिम राजमार्गमा समेत फाटफुट रुपमा गाडी चलिरहेको छ ।
तर महोत्तरीको बर्दिबासका बजार, सवारीसाधन, उद्योग तथा शैक्षिक संस्था पुर्ण रुपमा ठप्प छ ।
आन्दोलनकारीकारीहरु नारा लगाउँदै धर्ना बसेका छन् ।