भंगहा मेयर गोल्डकप : बेङ्गखाडी टीमलाई पराजित गर्दै आर्मी फुटबल क्लब फाइनलमा प्रवेश
टुडेपाटी-
जनकपुरधाम, माघ २१ गते ।
महोत्तरीको भंगहा नगरपालिकामा जारी मेयर गोल्डकप फुटबलको बुधबार भएको सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लब विजय भएको छ ।
बुधबार भएको खेलमा बेङ्गखाडी युवा क्लब महोत्तरीलाई पेनाल्टीमा पराजित गर्दै आर्मी फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा टुंगिएपछि पेनाल्टीमा अार्मीले ५–३ गोलको जित हात पारेको हो ।
आजको खेलको ‘म्यान अफ दि म्याच’ आर्मीका कप्तान टेक बहादुर बुढाथोकीलाई प्रदान गरिएको छ । उनलाई नगद ५ हजार सहित म्यानअफदी म्याच प्रदान गरिएको हो ।
अब आर्मीले उपाधीका लागि एपीएफ र विजय युथ बिच भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासँग माघ २४ गते शनिबारका दिन प्रतिस्पर्धा गर्ने अायोजक भंगहा नगरपालिकाले जनाएको छ ।
Sponsored