ओलीले जर्बजस्ती नियुक्त गरेका संवैधानिक आयोगका ३८ जनालाई शपथ गराइँदै, चौतर्फी विरोध
टुडेपाटी-
काठमाडौँ, माघ २१ गते ।
विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई बुधबार बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बुधबार बिहान ९ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा शपथ ग्रहण गराउने तयारी भएको जानकारी दिए ।
राष्ट्रपतिको उपस्थितिमा संवैधानिक आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउने उनले जानकारी दिए । आयोगका सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ गराउनेछन् ।
विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूलाई शपथ ग्रहण गराउन लागिएको हो ।
Sponsored
सरकारले विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूलाई संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि नियुक्त हुनुपर्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा संवैधानिक परिषद्को सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नियुिक्तका लागि पत्राचार गरेको छ ।
तर सरकारले गैरकानुनी रुपमा नियुक्ती गर्न थालेपछि चौतर्फी विरोध भइरहेको छ ।
विधि र प्रक्रियाका धज्जी उडाउँदै सरकारले एकलौटी रुपमा नियुक्त गर्दा शक्ति सन्तुलनको सिद्धान्तको बर्खिलाप हुने भएको हुँदा यसको विरोध भएको हो ।