TodayPati

बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, गर्मी पनि सुरु हुने

टुडेपाटी-
काठमाडौ, माघ २० गते ।

आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Sponsored

विभागका अनुसार अनुसार यो प्रणाली बाहिरिएपछि तापक्रम वृद्धि भई गर्मी सुरु हुनेछ । हाल देशका पहाडी भूभागमा आशिंक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही प्रदेश-१, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *