TodayPati

संसद विघटन विरुद्ध जसपाद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा

टुडेपाटी-
जनकपुरधाम, माघ २० गते ।

संसद विघटन विरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।

जिल्ला स्तरमा माघ २३ गते जनप्रदर्शन, माघ २५ गते पुत्ला दहन र माघ २८ गते मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम जसपाले घोषणा गरेको हो ।

Sponsored

जसपका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले मंगलबार एक विज्ञप्ति जारी गर्दै संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका तथा वडा स्तरमा परिस्थिति अनुसार विरोधका कार्यक्रमहरु निर्धारण गरी आन्दोलनलाई जारी राख्ने बताएका छन् ।

संसद विघटन विरुद्ध यसअघि पनि जसपाले अान्दोलनको कार्यक्रम गरिसकेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *