धनुषाका एक निर्दयी बाबु जसले आफ्नै छोरीमाथि बलात्कारपछि हत्या प्रयास गरे, पछि मरेको ठान्दै भागे
टुडेपाटी-
जनकपुरधाम, माघ २० गते ।
धनुषाको कमला नगरपालिका वडा नम्बर ५ घर भएका ४० वर्षीय भोला यादव आफ्नै छोरीमाथि बलत्कारपछि हत्याको प्रयास अभियोगमा हिरासतमा रहेका उनले साविति बयान दिएका छन् ।
बलात्कारपछि छोरीको हत्या गर्ने उद्देश्यले प्रहार गरेको उनले स्वीकारेको प्रहरीले जनाएको छ । गत माघ १३ गते राति करिब साढे १० बजेतिर बौद्धको जम्बु डाँडामा बस्दै आएका यादवले (झड्केली) छोरीको बलात्कारपछि हत्याको प्रयास गरेका थिए ।
महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले भने, ‘बलात्कारपछि घटना लुकाउन हत्याको प्रयास गरेको र मरी भनेर भागेको हुँ भनेर स्वीकार गरिसकेका छन् ।’
यादवले २३ वर्षीय छोरीको बलात्कारपछि हत्या प्रयास गरेका थिए । प्रहरीले घटनास्थलको अनुसन्धान गर्दा टाउकामा ढुङ्गा प्रहार गरेको देखिएको छ । घटनापछि राति नै यादव भागेर धनुषा गएका थिए । १४ गते बिहान आमाले कोठामा हेर्दा छोरी रगताम्मे भएर लडेको देखेपछि अस्पताल पुर्याएकी थिइन् ।
‘उनीहरू पाँच जनाको परिवार बस्दै आएका थिए । घटना भएको दिन भने यादव र छोरीमात्र थिए । एक्लै भएको मौका छोपेर घटना गराएको देखिएको छ’, डीएसपी कार्कीले भने ।
Sponsored
टाउकोमा गम्भीर चोट लागेकी युवतीको ट्रमा सेन्टरमा आइसीयूमा राखेर उपचार भइरहेको छ । उनको अवस्था निकै गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । यादवले १८ वर्षअघि डिभोर्स भएकी महिलासित विवाह गरेका थिए । त्यतिखेर पीडित युवती पाँच वर्षकी थिइन् । त्यसपछि यादवका दुई सन्तान भए ।
यादव परिवार गलैँचा उद्योगमा काम गर्दै आएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
‘अभियुक्तले स्वीकार गरिसकेका छन् । बलात्कार भएको पुष्टि भइसकेको छ । तर, पनि हाम्रो थप अनुसन्धान जारी छ’, डीएसपी कार्कीले भने ।
सम्बन्धित समाचार