TodayPati

पार्टीको आधिकारिकता माग गर्दै प्रचण्ड नेपाल समुह शिर्ष नेताहरुको टोली सहित निर्वाचन आयोग पुगे

टुडेपाटी-

काठमाडौँ, माघ २० गते ।

सबै तहमा बहुमत आफुहरुसँग भएको भन्दै पार्टी आधिकारिकताको दाबी गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

Sponsored

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल, देव गुरुङ, घनश्याम भुसाल, वर्षमान पुन, राजेन्द्र पाण्डे लगायत नेताहरू आयोग पुगेका हुन् ।

निर्वाचन आयोगले सोधेका प्रश्नको जवाफसहित आयोगमा जाने निर्णय सोमवार बसेको केन्द्रीय कमिटी बैठकले गरेको थियो ।

पार्टीको निर्णय अनुसार पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगिएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।

Sponsored

यसअघि निर्वाचन आयोगले नेकपा विभाजनसँगै गरेका छुट्टाछुट्टै निर्णयलाई वैधानिकता दिएको थिएन ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *