मधेसका भूमीहीनलाई जग्गा दिइने, प्रदेश २ का सबै जिल्लामा ओली निकटलाई मात्र जिम्मेवारी दिइयो
टुडेपाटी-
जनकपुरधाम, माघ २० गते ।
सरकारले देशका ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ।
आयोगको तीन सदस्यीय जिल्ला समितिमा अध्यक्ष, विज्ञ र सदस्य गरी तीन जना छन्।
समितिमा चयन हुने सबैजसो जिल्लाका पदाधिकारी सत्तारुढ नेकपाको ओली निकटका छन्।
मन्त्रिपरिषद्ले गत वर्ष चैत ९ गते देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो।
Sponsored
आयोगले सबै स्थानीय तहसँग सम्झौता गरी काम अगाडि बढाउने सरकारले जनाएको छ।
आयोगका विज्ञ सदस्य जगतबहादुर देउजाले भूमिहीनको छनोट गरेर आयोगले जग्गा उपलब्ध गराउने बताए।
सरकारले प्रदेश २ को सप्तरीमा देवनारायण चौधरी, जयप्रकाश ठाकुर र जितकुमारी पौडेल, सिरहामा गंगाप्रसाद यादव, उदयकुमार साह र सम्झना थपलिया, महोत्तरीमा राजेन्द्र साह तेली, कृष्णप्रसाद बराल र चन्द्रलाल केपछाकी,
धनुषामा रामचरित्र शाह, दुर्गाहरि ग्यावा तामाङ र गीताकुमारी साह, सर्लाहीमा राजकुमार राय यादव, सुरेशकुमार साह, संजिता घिमिरे उप्रेती, रौतहटमा उद्धवप्रसाद रेग्मी,
राजेशकुमार साह र विनादेवी, बारामा अम्बिकाप्रसाद चौलागाईं, उमेशप्रसाद साह र चयन गुरुङ, पर्सामा विनादेवी शर्मा, शिवजीप्रसाद कानु र विमल पौडेल क्रमशः अध्यक्ष, विज्ञ र सदस्य मनोनीत भएका छन्।