TodayPati

मधेश विरोधी भन्नेलाई ओलीको चुनौती,-‘डुमको छोरालाई काँधमा बोकेर हिड्न सक्नु हुन्छ ?’

टुडेपाटी-
जनकपुरधाम, माघ १९ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेश विरोधी भनेर दुस्प्रचार गर्नेलाई पिछडिएका दलित डुमका छोरा, चमारका छोरालाई काँधमा बोकेर हिड्न चुनौती दिएका छन् । आफ्नै पालोमा ढल्केबर जनकपुर चिप्लो सडक, ढल निकास, रेल लगायत थुप्रै विकास गरेको उनको दाबी छ ।

धनुषाको ढल्केबरमा देशकै ठूलो चार सय केभी सबस्टेशनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले झ्याप्प बती जानू लोडसेडिङ नभएको दाबी गरेका छन् । झ्याप कहिलेकाँही झ्याप बिजुली जानू मात्र प्राविधिक गडबडी भएको तर्क गरे ।

Sponsored

‘कुनै कारणबस झ्याप बिजुली जानू लोडसेडिङ होइन । यो प्राविधिक समस्या हो ।’ उनले भने, ‘सिस्टम अहिले बलियो भइसकेको छैन । बिस्तारै सुधार हुँदैछ ।’

प्रधानमन्त्री ओलीले आफ्नै पालोमा देश लोडसेडिङ मुक्त भएको दावी गरे । उनले अब देशलाई बिजुली किन्नु नपर्ने बताउँदै छिमेक देश भारत, बंगला देश लगायतका देशलाई विद्युत् बेच्ने बताए ।

केही दिनअघि पशुपतिनाथमा पूजाको क्रममा १०१ किलो सुनको जलप लगाउने प्रसंगको कुरा उठाउँदै प्रधानमन्त्री ओलीले त्यसको नकारात्मक प्रचार गरी अफुलाई संस्कार विगार्ने दुस्प्रचार भएको बताए ।

Sponsored

‘करोडौं हिन्दुको आस्थाको केन्द्रमा चाँदीको साटो सुनको जलप हाल्नु राम्रो हो नि ! तर, मलाई संस्कार बिगर्यो भन्ने दुस्प्रचार गर्दै छन्’ प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘मैले संस्कार बिगार्यो भन्नेला सोध्न चाहन्छु, तपाईंको बुबा हलो जोत्नु हुन्थ्यो । तपाईंहरु पत्रकार किन बन्नु भो, विद्वान किन बन्नु भो, प्रोफेसर किन बन्नु भो ?’

उनले आफ्नो बुबा पनि हलो जोत्ने भएको प्रसंग उठाउँदै आफु प्रधानमन्त्री बनेको र पछौटेपन जस्ता परम्परालाई ढाल्दै अघि बढेको बताए ।

प्रधानमन्त्री ओलीले आफु दोस्रो किड्नी फेर्दा पार्टी भित्रैका केही नेता मर्छ कि भन्ने आश लगाएर बसेको, तर आफू बाँचेपछि प्रधानमन्त्री बन्न पाइन्न भनेर पार्टी छाडेर गएको तर्क गरे । उनले मर्ने बेला कमिलाको प्वाँख पलाउने गरेको टुक्का प्रयोग गर्दै छुट्टिएर जानेको दिन समाप्त हुने बताए ।

अब चाँडै पूर्वपश्चिम रेल गुड्ने, ठूला सिचाइका योजना सुनकोसी मरिन डाइभर्सन जस्ता ठूला योजनाको शिलान्यास गरि बनाउने बताए । अब चाँडै तराई मधेश सिंचित भइ कृषिमा फड्को मार्ने प्रधानमन्त्रीको भनाइ छ ।

कार्यक्रममा उर्जा मन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुली महतो, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतको उपस्थिति थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *