TodayPati

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त, उपकुलपतिमा डा. रामकेवल साह

टुडेपाटी-
जनकपुरधाम, माघ १८ गते ।

प्रदेश सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरु नियुक्त भएका छन् । मुख्यमन्त्री कुलपति रहने प्रतिष्ठानका लागि उपकुलपतिमा डा. रामकेवल साह, रजिष्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरिएको छ ।

मुख्यमन्त्री निवास मधेशभवनमा आयोजित एक कार्यक्रमकाबीच मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ती पत्र हस्तान्तरण गर्नु भएको हो ।

Sponsored

नियुक्ति पत्र हस्तान्तरण पछि सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशकै गौरबको योजनाको रुपमा रहेको प्रतिष्ठानको पदाधिकारी नियुक्ती सरकारका लागि गौरबका दिनको रुपमा रहेको बताउनुभयो ।


नवनियुक्त पदाकिारीहरुको लागी अवसर र चुनौती दुबै रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले यसै वर्षदेखि एकेडेमिक सेशनहरु सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रादेशिक अस्पताल जनकपुरलाई आधार मानेर प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको छ । कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह, भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झासहितको उपस्थिति रहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *