TodayPati

फास्ट ट्र्याकमै ल्याएको संविधानको कारण जनतालाई दुःख भोग्नु परेको छ : राजेन्द्र महतो

टुडेपाटी-
जनकपुरधाम, माघ १७ गते ।

जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले फास्ट ट्र्याकको नाममा ल्याइएको संविधानकै कारण अहिले सबै नेपाली जनतालाई भोग्नु परेको बताएका छन् ।

शनिबार जनकपुरमा राष्ट्रिय इन्जिनियर संघको भेलालाई सम्बोधन गर्दै नेता महतोले यस्तो बताएका हुन् ।

Sponsored

उनले ७० वर्षमा जनताको मागलाई सम्बोधन गर्नका लागि ७, ७ वटा संविधान आएपनि जनताका लागि संविधान अझै नआएको बताए ।

देशमा जति संविधान र व्यवस्था परिवर्तन भएपनि विचार र व्यवहारमा परिवर्तन नभएसम्म यहाँका जनता सुखी हुन नसक्ने नेता महतोले दावी गरे ।

‘मुलुकमा ७ पटक संविधान ल्याइयो, त्यसमाथी बारम्बार प्रतिगमन भयो, किनभने त्यो संविधानले जनताको मागलाई सम्बोधन गर्न सकेन ।’ उनले भने ।

Sponsored

देशमा विभेद अन्त्यका लागि संघिय संरचनामा मुलुक गएपनी संघियताको अनुभूति हुन नसकेको उनको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *