TodayPati

जनकपुरमा व्यवसायी बिच विवाद : साहले हातपात गरेको अग्रवालको आरोप

टुडेपाटी-
जनकपुरधाम, फागुन २७ गते ।

जनकपुरका एक व्यापारीमाथि महावीर युवा कमिटीका पूर्व अध्यक्ष धर्मेन्द्र साहले हातपात गरेको आरोप लागेको छ । गुठीको जग्गा भाडामा लिएर पसल सञ्चालन गर्दै आएका औषधि व्यवसायी संघ धनुषाका पूर्वमहासचिव समेत रहेका नविन मेडिकल हलका सञ्चालक प्रमोद अग्रवाल ‘पप्पु’ले आफुमाथि साहले हातपात तथा दुव्र्यवहार गरेको आरोप लगाए ।

सोमबार दिउँसो राम यूवा कमिटीको कार्यालयमा विवाद हुँदा होटल व्यवसायी समेत रहेका साहजले दर्जनौ व्यक्तिहरुको बिचमा आफुमाथि कुटपीट तथा दुव्र्यवहार गरेको अग्रवालको भनाइ छ ।
अग्रवाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित राम मन्दिरको पछाडी २०३४ सालदेखि गुठी संस्थानसँग भाडामा जग्गा लिएर औषधि पसल सञ्चालन गर्दै आइरहेका छन् । त्यसै पसलको जग्गामध्ये पूर्वअध्यक्ष साहले आफूलाई धाकधम्की दिएर जबरजस्ती १० फिट जग्गा माग्दै आएको र पछिल्लो समय आफूले गुठीको जग्गा कुनै व्यक्तिलाई दिन तयार नभएपछि सार्वजनिक रुपमै आफुसँग दुर्व्याहार गर्दै हातपात गरेको आग्रवालको आरोप छ ।

Sponsored

‘साहले गुठी संस्थानको जग्गा आफुसँग जबरजस्ती बिभिन्न धाकधम्की देखाएर कब्जा गर्न खोजेका थिए । साहलाई मैले जग्गा दिन नमानेपछि ज्यान मार्ने धम्की समेत दिए ।’ अग्रवालले भने–

अग्रवालमाथि हातपात गरिएको बेला त्यहाँ राम यूवा कमिटीका अध्यक्ष उपेन्द्र ठाकुर,जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह, पूर्वअध्यक्ष निर्मल चौधरी, कलबार कुट्टीका अध्यक्ष शम्भु साह, बिना कम्प्यूटरका सञ्चालक सन्दिप अग्रवाललगायत अन्य दर्जनौ व्यक्तिहरू उपस्थित रहेको बताइएको छ ।
घटनास्थलमा उपस्थितमध्येका एक जना प्रत्यक्षदर्शीले पनि घटनामा धर्मेन्द्र साह पूर्ण रुपले दोषी रहेको र उनले औषधि व्यवसायी अग्रवालसँग दुर्व्यवहार गर्दै दबंग शैलिमा उनीमाथि हातपात गरेको बताए ।
यता घटना विषयमा कुटपिट गरेको आरोप लागेका साहले समान्य विवाद मात्र भएको र आफुले कसैमाथि कुटपिट नगरेको दावी गरे । उनले भने -‘अग्रवाल पनि व्यवसायी हुन्, म पनि व्यवसायी । व्यवसायी बिचमा केहिलेनदेनको लागि विवाद हुनु समान्य हो ।’ उनले चाँडै विवादको विषयमा दुवैपक्ष बसेर टुंगो लाग्ने समेत बताए ।


गत पुस २२ मा जनकपुरधाम उपमहानगरपालिकामा सञ्चारकर्मीमाथि भएको कुटपिट घटनामा संलग्न रहेको आरोप लागेको थियो । त्यस आरोपमा साहलाई जिल्ला प्रहरी कार्यालय पक्राउ गरी कारबाही समेत चलाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *