TodayPati

भारतको किसान आन्दोलनमा तरबार आक्रमणबाट प्रहरी घाइते, ४४ किसान पक्राउ

टुडेपाटी-
नयाँदिल्ली, माघ १७ गते ।

भारतमा महिनौंयता जारी किसान आन्दोलन हिंस्रक बन्दै गएको छ ।

सरकारले आफ्ना मुद्दा र मागलाई सम्बोधन नगरेको भन्दै किसानहरुले भारतका विभिन्न स्थानमा आन्दोलन चर्काइरहेका छन् ।

Sponsored

शनिबार मात्र दिल्लीको सीमा सिंघु बोर्डरमा प्रहरी र किसानबीच झडप भएको बीबीसीहिन्दीले जनाएको छ ।

सो झडपमा किसानले प्रहरीमाथि तरबार आक्रमण गरेका छन् । तरबार आक्रमणबाट अलिपुर थानाका एक प्रहरी घाइते भएको बताइएको छ ।

सो क्रममा प्रहरीले ४४ जना किसानलाई गिरफ्तार गरेको बताइएको छ । उनीहरुमाथि दंगा भड्काउने र हत्या प्रयास गरेको आरोप लागेको छ ।

Sponsored

गत मंगलबार भारतमा गणतन्त्र दिवस मनाइएको थियो। तर सो दिन पनि किसानले आन्दोलन गरेका थिए, ट्याक्टर र्याली निकालेका थिए ।

सो दिन पनि झडप भएको थियो । त्यसदिन एक किसानको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

भारत सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा त्यहाँ जारी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या हालसम्म् २० भन्दाबढी पुगेको छ ।

नयाँ कानुनका कारण आफूहरु आफ्नो उत्पादन लागतभन्दा कम मूल्यमा बेच्न बाध्य हुने किसानहरुको भनाइ छ ।

कानुनले कृषि उत्पादन खरिद गर्ने कर्पोरेट संस्थाहरुलाई बलियो बनाउने र किसानले आफ्नो अन्नको भाउ नपाउने उनीहरु बताउँछन् । एजेन्सी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *