TodayPati

प्रधानमन्त्री ओली धनुषाको ढल्केवर आउँदै, मधेसी जनतालाई फकाउन यस्तो रणनीति अपनाउँदै

टुडेपाटी-

जनकपुरधाम, माघ १७ गते ।

प्रधानमन्त्री केपी शर्मा ओली धनुषाको ढल्केवर आउन लागेपछि उनको स्वागतकालागि भव्य तयारी थालिएको छ ।

Sponsored

ढल्केवरमा निर्माणाधीन ४०० केभि क्षमता विद्युत सवस्टेशनको समुदघाटन गर्न आउन लागेका प्रधानमन्त्री ओलीको स्वागतकालागि विद्युत प्राधिकारणसँगै मिथिला नगरपालिका समेत जुटेको छ ।

देशकै सबैभन्दा ठूलो सवस्टेशनको समुदघाटन गर्न प्रधानमन्त्री आउने भएपछि स्वागत तयारीमा जुटेको कर्मचारी रविन्द्र रायले बताए ।

उनका अनुसार गेट, पण्डाल तथा मञ्च सजावट लगायतका तयरी तिब्र रुमा गरिदैछ ।

Sponsored

प्रधानमन्त्री ओलीसँगै उर्जामन्त्री टोपबहादुर रायमाझी समेत आउने कार्यक्रम रहेको बताइएको छ ।

उक्त कार्यक्रममा करिब दस हजारको संख्यामा मानिस उपस्थित रहेने अनुमान गरिएको छ ।

मधेसमा राम्रो छवि नभएकाले प्रधानमन्त्री ओलीले अगामी निर्वाचनलाई मध्यनजर गर्दै मधेसी जनतालाई फकाउन समेत यो कार्यक्रममा सहभागी हुन लागेको बताइएको छ ।

प्रतिनिधिसभा विघटन पश्चात नेकपा ओली समुहले उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु जुली महासेठ, प्रभु साह, लिलानाथ श्रेष्ठ, रघुवीर महासेठ लगायतका केन्द्रिय नेताहरुलाई मधेसमा खटाएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *