TodayPati

अब नेपालबाटै डलरमा अनलाइन किनमेल गर्न सकिने सुविधा ल्याउँदै राष्ट्र बैंक

टुडेपाटी-
जनकपुरधाम, माघ १७ गते ।

नेपालबाट अनलाइनमार्फत् विदेशी सामान वा सेवा खरिद गर्न मिल्ने गरी डलरमा भुक्तानी गर्न सक्ने व्यवस्था एक महिनाभित्रै सुरु हुने केन्द्रीय ब्याङ्कले बताएको छ।

एक जनाले प्रत्येक वर्ष अधिकतम ५०० अमेरिकी डलरसम्म खर्च गर्न सक्ने व्यवस्थाका लागि पहल भइरहेको नेपाल राष्ट्र ब्याङ्कको विदेशी विनिमय व्यवस्था विभागका निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिए।

Sponsored

वाणिज्य ब्याङ्कहरूको ‘प्रिपेड डलर कार्ड’ लिएर सो कार्ड अनलाइन किनमेलका लागि विदेशी वेबसाइटमा प्रयोग गर्न सकिने छ।

यो व्यवस्था लागु भएपछि नेपालबाट नेटफ्लीक्स वा अमेजन प्राइमजस्ता सेवा लिन, अनलाइन गेमहरूमा खर्च गर्न वा अनलाइन किनमेल गर्न वा फेसबुकमा विज्ञापन गर्ने वा मोबाइल एप किन्ने जस्ता सुविधा लिन सकिने छ।

‘दशैंमा ५० प्रतिशत बढी व्यापार’
नेपाली बजारमा सुनको कोटा बढाउन माग किन
राष्ट्र ब्याङ्कका अनुसार यस विषयमा आन्तरिक रूपमा सुझाव लिने कार्य सम्पन्न भइसकेको छ र त्यसमा प्राप्त भएका सुझावहरू समावेश गरेर सर्कुलर जारी गर्ने तयारी भइरहेको छ।

Sponsored

व्यवस्थापन समितिमा छलफल भई अघि बढाइएको विषय राष्ट्र ब्याङ्कको सञ्चालक समितिले स्वीकृत गरेपछि सर्कुलर जारी हुने छ।

“नेपाली मुद्रामा खाता हुने नेपालीहरूले पनि बढीमा ५०० अमेरिकी डलरसम्म खर्च गर्न सक्ने व्यवस्था मिलाउने प्रयास गरिरहेका छौँ,” राष्ट्र ब्याङ्कका सहप्रवक्ता नारायण पोखरेलले भने।

हाल वाणिज्य ब्याङ्कहरूमार्फत् विदेशी वस्तु भुक्तानी तथा सेवाका लागि तीन हजार डलरसम्म भुक्तानी गर्न सकिने, केन्द्रीय ब्याङ्कको स्वीकृतिमा १० हजार डलरसम्मको भुक्तानी दिन सक्ने र १० हजार डलर भुक्तानी गर्नुपर्ने भए सम्बन्धित पक्ष सिधै राष्ट्र ब्याङ्कमा पुगेर स्वीकृति लिने र रकम तिर्न सक्ने व्यवस्था छ।

पौडेलका अनुसार नेपालमा होटेल र विप्रेषणसम्बन्धी सेवा दिइरहेका कम्पनी लगायत अन्य विभिन्न क्षेत्र गरी करिब ३,५०० संस्थाहरूले विदेशी मुद्रामा कारोबार गर्नका लागि राष्ट्र ब्याङ्कसँग अनुमति लिएका छन् ।बीबीसी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *