TodayPati

दिल्लीमा बम विष्फोटपछि ‘हाई अलर्ट’ मा भारत, मध्यरातिमै बोलाइयो उच्चस्तरिय सुरक्षा बैठक

एजेन्सी

जनकपुरधाम, माघ १७ गते ।

भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट भएको छ ।

Sponsored

भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठकै दिन एपीजे अब्दुल कलाम रोडमा शुक्रबार साँझ बम विष्फोट भएको हो ।

विष्फोटबाट दूतावासमा भने क्षति पुगेको छैन । तर पार्किङ गरेर राखिएका केही कारका सिसा फुटेका दिल्ली प्रहरीले जनाएको छ ।

बम विष्फोट कसले र किन गरायो भन्ने खुलेको छैन ।

Sponsored

भारतका लागि इजरायली राजदूत रोन माल्काले बम विष्फोट गराउनुको उद्देश्य र बम विष्फोट गराउनेको खोजी भारतसँग मिलेर भइरहेको जानकारी दिएका छन् ।

यसैगरी दिल्ली प्रहरीका जनसम्पर्क अधिकारीले चर्चामा आउने उद्देश्यले कसैले बम विष्फोट गराएको हुन सक्ने बताएका छन् ।

उनले बम विष्फोटबाट भौतिक क्षति नभएको जानकारी दिएका छन् ।

घटनास्थलको निरीक्षण गरेपछि दिल्ली प्रहरीका कमिश्नर एसएन श्रीवास्तवले यस घटनाको अनुसन्धान विशेष सेलले गरिरहेको जानकारी दिँदै यो आतंकवादी आक्रमण हो कि होइन भनेर अहिल्यै भन्नु हतार हुने प्रतिक्रिया दिएका छन् ।

राजधानी नयाँदिल्लीमा बम विष्फोट भएपछि भारतभर सुरक्षा सतर्कता बढाइएको छ । सबै विमानस्थल, महत्वपूर्ण प्रतिष्ठान र सरकारी कार्यालयहरुमा सुरक्षा बढाइएको छ ।

त्यसैगरी बम विस्फोट भएपछि भारतका गृहमन्त्री अमित शाहले बंगाल भ्रमण स्थगन गरेका छन्।

बंगालका भारतीय जनता पार्टीका अध्यक्ष दिलीप घोषले गृहमन्त्री शाहको भ्रमण स्थगन भएको जानकारी दिएका हुन्।

गृहमन्त्री शाहले शुक्रबार अबेर राति सुरक्षा र गुप्तचर निकायका शीर्ष प्रतिनिधिसँग उच्चस्तरीय बैठकसमेत गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार गृहमन्त्री शाह दुई दिनका लागि बंगाल जाँदै थिए। त्यसका लागि उनी शुक्रबार राति नै कोलकाता पुग्ने कार्यक्रम थियो।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *