TodayPati

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले गर्‍यो आन्दोलन घोषणा, २९ माघमा वडा तहमा पुत्ला दहन

टुडेपाटी-
काठमाडौं, माघ १६ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपाल जसपा ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार बसेको जसपा पदाधिकारी बैठकले प्रतिगमनविरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

Sponsored

पार्टीले माघ २९ गतेसम्मको कार्यक्रम घोषणा गरेको जसपा संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले ट्विट गरेर जानकारी दिएका छन् ।

उनका अनुसार माघ २३ मा जिल्ला, माघ २५ मा संघीय र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ मा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका र माघ २९ मा वडा तहमा पुत्ला दहन, मसाल जुलुस लगायत कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपाको एउटा समूह, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक समाज सडक आन्दोलनमा छन् । त्यसमा अब जसपा पनि थपिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *