TodayPati

भारतका मध्यप्रदेशको सरकार संकटमा, एकैचोटि २० मन्त्रीले दिए राजीनामा

एजेन्सी

भोपाल, फागुन २७ गते ।

भारतको मध्यप्रदेशको कमलनाथ सरकारका लागि आज (मंगलबार)को दिन निकै महत्वपूर्ण हुने छ । सोमबार साँझदेखि राजधानी भोपालमा राजनीतिक सरगर्मी बढेको छ र यो स्पष्ट भएको छ कि ज्योतिरादित्य सिंधिया सरकारसँग रुष्ट छन् ।

Sponsored

अवेर राति कमलनाथद्वारा बोलाइएको क्याबिनेट बैठकमा २० मन्त्रीले राजीनामा बुझाएका छन् । यो बैठक सरकारमाथि आएको संकटका विषयमा छलफल गर्न बोलाइएको थियो । राजीनामा दिएका सबै भन्त्रीहरु कमलनाथ पक्षका हुन् ।

सोमबार दिउँसोदेखि सिंधिया गुटका ६ मन्त्रीसहित १७ विधायकहरु सरकार ढाल्ने कसरतमा जुटेको हल्ला चलेको थियो । दिउँसोदेखि उनीहरुको फोन बन्द छ भने कसैसँग सम्पर्क हुन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजीनामा दिएका मन्त्रीहरुले मुख्यमनत्रीलाई विवेक प्रयोग गरेर मन्त्रिमण्डल पुनर्गठन गर्न आग्रह गरेका छन् । उनीहरुले सरकारलाई अस्थिर बनाउने भारतीय जनता पार्टीको षड्यन्त्रलाई सफल हुन नदिने बताएका छन् ।

Sponsored

कमलनाथले बैठकपछि भने, ‘मेरा लागि सरकार हुनुको अर्थ सत्ताको भोक होइन । जनसेवाको पवित्र उदेश्य हो । १५ वर्षसम्म भाजपाले सत्ताको भोक मेट्यो उ आज पनि अनैतिक तरिकाले मध्यप्रदेश सरकारलाई अस्थिर बनाउन चाहिरहेकाे छ ।’

मंगलवार साँझ कांग्रेसले विधायक दलको बैठक बोलाएको छ । खबर यो पनि छ कि ज्योतिरादित्य सिंधिया दिल्लीबाट ग्वालियर गएर माधवराव सिंधियाको ७५ औँ जयन्तीको कार्यक्रममा सहभागी हुनेछन् र त्यहाँ उनले कुनै ठूलो घोषणा गर्नेछन् ।

खबर यो पनि छाएको छ कि उनले कुनै नयाँ पार्टीको घोषणा गर्न सक्ने छन् र भाजपासँग गठबन्धन गर्न सक्ने छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *