TodayPati

तीन महिनाभित्र सबै नेपालीले कोरोनाविरुद्धको खोप पाउनेछ : प्रधानमन्त्री ओली

टुडेपाटी-

काठमाडौँ, माघ १४ गते ।

प्रधानमन्त्रधी केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीले खोप पाउने बताएका छन् ।

Sponsored

कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा तीन महिना लाग्न सक्छजस्तो लाग्छ ।’

कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको छ ।

प्रधानमन्त्री ओलीले भारत सरकारले दश लाख डोज खोप अनुदानमा दिएकोमा धन्यबाद दिएका छन्। थप खोप ल्याउनेबारे पनि पहल भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

Sponsored

सरकारले आज १२ हजार जनालाई कोरोना खोप लगाउने तयारी गरेको छ। देशका १२० खोप केन्द्रबाट खोप लगाइन्छ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतलाई खोप लगाइने सरकारले जनाएको छ।

प्रधानमन्त्री ओलीले खोपबाट कोही पनि बञ्चित हुन नहुने बताएका छन्।

प्रधानमन्त्री ओलीले आज खोप लगाएकाहरूले अबका २८ दिनमा अर्कोपटक खोप लगाउनुपर्ने पनि बताएका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *