TodayPati

धनुषामा प्रतिनिधिसभाको निर्वाचनको तयारी सुरु, यसरी हुनेछ निर्वाचन

टुडेपाटी-

जनकपुरधाम, माघ १४ गते ।

कडा सुरक्षाकोबिच धनुषामा निर्वाचन सम्बन्धित कार्यक्रम सम्पन्न भएको छ।

Sponsored

राजनीतिक दलका नेताहरुले विरोध गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै कडा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

मंगलबार निर्वाचन सम्बन्धित कार्यक्रम सम्पन्न भएको कार्यक्रममा सहभागीभन्दा बढी सुरक्षाकर्मी खटाइएको थियो।

आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीमा जुटेका जिल्ला निर्वाचन कार्यालय धनुषाले राजनीतिक दल, संघ संस्था र संचारकर्मीहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न गरेको छ।

Sponsored

मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रमको क्रियाकलाप संचालन हुने सम्बन्धमा जानकारी दिने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय धनुषाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा दलहरुले विरोध जनाएका छन्।

उक्त कार्यक्रममा पछिल्लो निर्वाचनमा सहभागि भएका १२ वटा राजनीतिक दल मध्ये नेपाली कांग्रेस, नेकपा माले र जनमत पार्टी बाहेक कुनैपनि दलले सहभागिता जनाएनन्।

संसद विघटन गरेर प्रधानमन्त्री ओलीले घोषणा गरेको निर्वाचनको विरोधमा रहेका जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहले निर्वाचन कार्यालयद्वारा आयोजित कार्यक्रमको कडा रुपमा विरोध गर्दै आएका छन्।

जसपा नेपाल धनुषाका अध्यक्ष पशुपति यादवले कार्यक्रम बारे आफूलाई जानकारी भएपनि आफूहरु निर्वाचनको पक्षमा नभई विरोधमा रहेको कारण सहभागि नभएको बताए। नेकपा धनुषा सचिव दिपक यादवले आफुहरु निर्वाचन सम्बन्धी हरेक कार्यक्रमको विरोधमा रहेको बताए। उनी दाहाल–नेपाल पक्षमा छन्।

मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु भएको तथा मतदान केन्द्र निर्धारण सम्बन्धी र मतदान स्थलको विषयमा छलफल भएको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिइन्।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रकाश रानाभाटले निर्वाचनको लागि सुरक्षा रणनीति बनाउन थालेका बताए। निर्वाचनका लागि मतदान केन्द्रको वर्गीकरण गरेर सोही अनुसारको सुरक्षा योजना बनाउने तयारीमा रहेको उनले बताए।

सर्वोच्च अदालतको फैसलापछि हुन सक्ने सम्भावित आन्दोलनको अवस्थालाई सुरक्षा निकायले विश्लेषण गरी धनुषा जिल्लामा सुरक्षा रणनीति बनाउने काम भईरहेको समेत उनले भने।

मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन वर्गमा वर्गीकृत गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाउने विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा छलफल भएको थियो।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *