जनकपुर यातायात व्यवस्था कार्यालयमा अख्तियारको छापा
टुडेपाटी-
जनकपुरधाम, माघ १३ गते ।
यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी गरेको छ ।
मंगलबार अपराह्न ५ बजेदेखि अख्तियार दुरुपयोग अनुसन्धान अायोग बर्दिबासको टोलिले जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियामा रहेको यातायात कार्यालयमा छापामारी गरिरहेको छ ।
सेवाग्राहीसँग घुस वापत लिएको मोटो रकम कार्यालयमै रहेको सूचनाको आधारमा अख्तियारको टोलीले हालसम्म छापामारी जारी नै राखेको हो ।
प्रहरीसहित ५ वटा गाडीमा अाएको अख्तियारको टोलिले कार्यालय भित्र विभिन्न कागजात चेक गरिरहेको जनाएको छ ।
Sponsored
टोलीले केही कर्मचारीलाई कार्यालय भित्रै नियन्त्रणमा लिएर खोज अनुसन्धान गरिरहेका छन् ।
कर्मचारीहरुले बिचौलियाको सेटिंगमा यातायात व्यवस्था कार्यालयमा व्यापक घुसखोरी, भ्रष्टाचार गरिरहेको जनगुनासो छ ।
यातायातमा सवारी चालक अनुमती पत्र किनबेच भइरहेको कार्यालय श्रोताले जनाएको छ ।