TodayPati

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता, यी हुन् मुद्दा दिने अधिवक्ता !

टुडेपाटी-

काठमाडौं, माघ १३ गते ।

सर्वोच्च अदालत प्रशासनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अपहेलना मुद्दा दर्ता गरेको छ ।

Sponsored

९४ वर्षीय वकिल कृष्णप्रसाद भण्डारीले संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइमा बहस गरेको विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता डा। कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गरेको मुद्दा मंगलबारदर्ता भएको हो ।

वरिष्ठ अधिवक्ता आचार्यको मुद्दा ५२२१ नम्बरमा र अधिवक्ता न्यौपानेको ५२२६ नम्बरमा दर्ता भएको हो ।

यही माघ ९ गते प्रधानमन्त्री ओलीले कार्की बेन्क्वेटमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीलाई ‘बाजे’ र संवैधानिक इजलासमा भइरहेको बहसलाई लक्षित गर्दै ‘तमासा’ भनेका थिए ।

Sponsored

सोहीविरुद्ध गत आइतबार नै आचार्यले मुद्दा दायर गरेका थिए । न्यौपानेले पनि प्रधानमन्त्रीको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै सोमबार मुद्दा दायर गरेका थिए ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको कानुन व्यवसायी, राजनीतिक दलका नेता, नागरिक समाजलगायतबाट चर्को विरोध भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *