TodayPati

तराई मधेशमा होली भोली, कोरोनाबाट बच्न सुझाब

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, फागुन २६ गते ।

मिथिलाञ्चल लगायत तराई मधेशमा भोली र पर्सी होली पर्व मनाइने भएको छ । १५ दिने मिथिला मध्यमा परिक्रमा समापन भएको भोली पल्ट तराई मधेशमा होली खेल्ने परम्परा रहेको छ । हिमाल पहाडमा भने आज फागु पुर्णिमाकै दिन होली मनाइँदै छ ।

मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा आज जनकपुरको अन्तरगृह परिक्रमा गरी समापन भएकाले यस क्षेत्रमा भोली होली पर्व मनाइने जानकी मन्दिरका सह महन्त रामरोशनदास बैष्णवले बताए । तर मंगलबार माछामासु नखानेले बुधबार होली मनाउने सह महन्त बैष्णवको भनाइ छ ।

Sponsored

यसपटक विश्वभरी फैलिदै गएको कोरोना भाइरसबाट बच्न माछामासु नखान र मंगलबार नै होली मनाउन सहमहन्त बैष्णवले आग्रह गरे । उनले भने ‘माछामासुबाटै कोरोना भाइरसको उत्पति भएको सुनिन्छ । त्यसैले यसपटक माछामासु नखाइ मंगबार नै होली मनाउँदा उचित हुन्छ भन्ने मेरो सबैमा सुझाब छ’

फैलिदै गएको कोरोना भाइरसको क्रमणबाट बच्न होलीमा माछामासु संयमित भएर उपभोग गर्न प्रादेशिक अस्पताल जनकपुरका बरिष्ठ चिकित्सक जेनरल फिजिसियन डा.कुल्दीप पण्डितको सुझाबा छ । ‘माछामासु प्रायः आयातित बस्तु हो । कहाँबाट आएका हुन्छन्, कस कसले छोएका हुन्छन् । थाहा हुँदैन । त्यसैले त्यसमा पनि कोरोनाको भाइरस टाँसिएको हुन सक्छ । यसबाट सचेत हुनुपर्छ । सकभर नखाएकै राम्रो । तर खाँदा सतर्कता अपनाउनु पर्छ ।’ उनले भने ।

होली खेल्दा सकभर रंग र पानीको प्रयोग नगर्न र अविरले पनि समान्य रुपमा सकेसम्म खुट्टामा अविर चढाएर होली खेल्न आग्रह गरे ।
होली पर्व मनाउन प्रदेश २ सरकारले सोमबार र मंगलबार सार्वजनिक विदा घोषणा गरेको छ ।

Sponsored

शैलेन्द्र क्रान्ति

उहाँ टुडेपाटीका विशेष प्रतिनिधि हुनुहुन्छ । facebooktwitter भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *