दिल्ली, अयोध्या सहितका ठूुला सहरमा भयानक आतंकवादी हमलाको तयारी, भारतमा ‘हाई अलर्ट’
एजेन्सी–
जनकपुरधाम, माघ ११ गते ।
भारतमा आतंकवादी संगठनले हमला गर्ने तयारी गरेपछि सरकारी संयंत्र तथा खुफिया एजेन्सीले उच्च सच्च सतर्कता अपनाएको छ ।
भातीय संचारमाध्यमका अनुसार आउने मंगलवार अर्थात जनवरी २६ तारिखको दिन आतंकवादी संगठनले हमला गर्ने तयारी गरिरहेको सूचना पाएपछि भारत सरकारले राजधानी दिल्लीमा सुरक्षा सतर्कता बढाएको हो ।
भारतीय खुफिया एजेन्सीका अनुसार आतंकवादीले दिल्ली, अयोध्या र बोधगयामा हमला गर्ने तयारी गरिरहेको सूचना प्राप्त भएको छ ।
जसमा रोहिंग्या घुसपैठको एक समूहले दिल्लीमा हमला गर्न सक्ने अनुमान गरिएको छ।
Sponsored
यसको आशंकामा भारतको राजधानी दिल्लीमा घुसपैठ गरेका आठ रोहिंग्यालाई उत्तम नगर र दिल्लीबाट पक्राउ गरिएको छ।
घुसपैठ गरेकालाई पहिलोपटक पक्राउ गरिएको हो। उनीहरूको समूहले आक्रमण गर्ने आशंका गरिएको छ ।
भारतमा हमलाकालागि देशका धेरैवटा उग्रवादी संगठनले आतंकवादीसँग समन्वय गरिसकेको बताइएको छ।
यसको संकेत पाएपछि सुरक्षा एजेन्सी सतर्क बनेको र दिल्लीलाई हाई अलर्टमा राखिएको हो।
दिल्लीसहित देशका कुनै पनि स्थानमा आतंकवादीले हत्यारहिंसा मच्चाउन सक्ने आशंका भारत सरकारले गरेको छ।
आतंकवादीले जारी किसान आन्दोलनको आड पनि लिन सक्ने आशंका भएपछि सुरक्षा एजेन्सी उच्च सतर्कतामा रहेको हो।
केन्द्रीय गृह मन्त्रालय दिल्लीसहित धेरै राज्य सरकार र प्रहरी प्रमुखसँग सम्पर्कमा छ।
दिल्ली प्रहरीको आतंकविरोधी दस्ता अर्थात् स्पेसल सेलका एक वरिष्ठ अधिकारीले आतंकवादी आक्रमणको गम्भीर संकेत पाइएको बताएका छन्।
उनका अनुसार आतंकवादी संगठनले दिल्ली, अयोध्या र बोधगयामा समेत हमला गर्न सक्छ। यसको तयारीका लागि रोहिंग्याको एक समूह प्रशिक्षणमा रहेको उनको दाबी छ।
यसका साथै खालिस्तान, उत्तरपूर्वी राज्यका उग्रवादी संगठन र जम्मु-कस्मिरका केही आतंकवादी संगठन एक भएका छन्।
दिल्लीमा ठूलो दंगा भड्काउने एक संस्थाले पनि आतंकवादी संगठनलाई साथ दिएको सूचना प्राप्त भएको छ। यो सूचना गत हप्ता प्राप्त भएको ती अधिकारीले बताएका छन्।